मधेश पाटी,जनकपुरधाम । महोत्तरीको एक नगरपालिकाका प्रमुखले नगरपालिकाको रकमको दुरुपयोग गरी आफ्नो बाजेको शालिक निर्माण गर्न थालेको छ ।
महोत्तरीको लोहपट्टी नगरपालिका वडा १ हुलाकी सडक अनर्तगत पर्ने आफ्नै पैत्रिक गाउँ बगरामा सडकको बिचमा पालिका प्रमुख शैलेन्द्र यादवले आफ्नै बाजे स्वर्गीय इन्द्र्जित यादवको शालिक निमार्ण गर्दा सर्बसाधारनलाइ आउजाउ गर्न कठिनाई हुन्न थालेको छ ।
नगरपालिकाले बहुबर्शिय योजना अन्तर्गत स्मारक निर्माण काम सुरु गरेका छ्न । आर्थिक बर्श ८९/८० मा १० लाख बजेट बिनियोजन गरिएको थियो जस मध्ये २५ प्रतिशत कामको ५लाख भुक्तानी समेत भइ सकेको छ भने यस बर्श पनि बजेट बिनियोजन गर्ने नगरपालिकाका निमित्त प्रमुख बद्रुल अन्सारीले बताएका छ्न ।
नगरपालिकाका बद्रुल अन्सारी निमित्त प्रमुख लोहरट्टी नगरपालिका ईन्द्रजित यादवको स्मारक निर्माण गर्दा पनि इन्द्रजित यादव को हुन् भने आफुलाइ थाहै नभएको निमित प्रमुखले बताएका छ्न ।
नगरपालिकाको विकास गर्न नसकेको प्रमुखले गाउँ सौर्न्दर्यकरणको सोन्दर्ल नाउमा नगरपालिकाको पैसाको दुरुपयोग गरि सडकको मापदण्ड बिपरित स्मारक निमार्ण गर्दा सर्वसाधारणले बिरोध गरेका छ्न भने दुर्घटनाको जोखिम बढेको छ ।








प्रतिक्रिया