भारतबाट अवैध रुपमा भन्सार छली चामल बरामद

न्यूज डेस्क     २०८० भाद्र ३, आईतवार १०:२२ बजे मा प्रकासित


बिनोद निगम , नवलपरासी / ३ भदौ । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका – ५ धर्मोली आज बिहान ६ बजेको समयमा धर्मोली स्थित बाट अवैध चामल बरामद गरिएको छ ।

प्रहरी चौकी बसहियाबाट प्रहरी सहायक निरीक्षक जनार्दन यादवको कमाण्डमा खटिएको गस्ती टोलीले भारतबाट अवैध रुपमा भन्सार छली नेपाल ल्याएर लुकाई छिपाई राखेको अवस्थामा ३७ बोरा चामल बरामद गरेको प्रहारले बताएको छ ।

२२ क्विन्टल २० केजी रहेको चामलको मुल्य रु. १, लाख १० हजार बराबरको रहेको बताए । बरामद गरेको चामललाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय महेशपुर पठाउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीकाका सूचना अधिकारी डिएसपी भोजराज पाण्डेयले जानकारी दिए ।

प्रतिक्रिया





Top