जसपाले विभागको जिम्मेवारी बाँडफाँट, कसलाई कुन जिम्मेवारी ?

न्यूज डेस्क     २०८० भाद्र ५, मंगलवार ०६:०८ बजे मा प्रकासित


काठमाडौं । जनता समाजवादी पार्टी नेपालले पार्टीभित्र जिम्मेवारी बाँडफाँट गरेको छ । आइतबार बसेको कार्यकारिणी समितिको बैठकले पार्टी नेतृत्वको जिम्मेवारी बाँडफाँट गरेको हो ।

बैठकले पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य सुशिला श्रेष्ठलाई वाग्मती प्रदेश इन्चार्ज, राजकिशोर यादवलाई लुम्बिनी प्रदेश इन्चार्ज, प्रकाश अधिकारीलाई कर्णाली प्रदेश इन्चार्ज र गोविन्द चौधरीलाई सुदुरपश्चिम प्रदेश इन्चार्ज तोकेको छ ।

 

बैठकले कार्यकारिणी समिति सदस्य परशुराम बस्नेतको अध्यक्षतामा चन्देश्वरप्रसाद सिंह, पेशल ढकाल, न्हुच्छेलाल महर्जन र देवनारायण याादव रहेको केन्द्रीय कार्यालय समिति गठनसमेत गरेको छ ।

बैठकले संगठन विभागको प्रमुखमा केन्द्रीय कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठलाई चयन गरेको छ । विभागका सदस्यहरूमा रेणु यादव र लाक्पा शेर्पा रहेका छन् । संघीय मामिला तथा स्थानीय तह विभाग प्रमुखमा लालबाबु राउत र सदस्यहरूमा शैलेन्द्र साह र सनबहादुर राई रहेका छन् । सूचना, सञ्चार, विज्ञान तथा प्रविधि विभागमा मनिसकुमार सुमन र सदस्यहरूमा लक्ष्मण हुमागाईं र योगराज वनेम रहेका छन् ।

युवा, विद्यार्थी तथा खेलकुद विभागको प्रमुखमा रमेशबाबु श्रेष्ठ रहेका छन् भने विदेश्वर यादव, दीपक दोर्जे लामा र वीरेन्द्र प्रधान सदस्य रहेका छन् । महिला विभागमा लिला सिटौला सदस्यहरूमा उर्मिला साह, मञ्जु अन्सारी, विनिता यादव र किरण साह, निर्मला यादव, भगवती सुवेदी, रेणुका सिंह, अञ्जना शेर्पा, शोभा बज्राचार्य र कमला विश्वकर्मा रहेका छन् ।

त्यसैगरी पार्टीका प्रत्येक प्रदेश, जिल्ला समिति र पालिका समितिहरुले तीन महिने संगठन विस्तार र सुदृढीकरण अभियान चलाउने निर्णय समेत गरिएको छ ।

प्रतिक्रिया





Top