वर्तमान सरकारलाई अनौठो सरकारको संज्ञा : अध्यक्ष ओली

न्यूज डेस्क     २०८० भाद्र ५, मंगलवार ०६:१५ बजे मा प्रकासित


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार जस्तो भ्रष्ट सरकार दुनियाँमा कतै नभएको बताएका छन् ।

नेकपा एमाले मुख्यालयमा सोमबार छक्कबहादुर लामालाई केन्द्रीय सदस्यको शपथ खुवाएपछि सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

 

अध्यक्ष ओलीले प्रश्न गर्दै भने, ‘साधारण जनताले एउटा सानो थैली लिएर जाँदा पनि कडा जाँच हुन्छ । क्विन्टलका क्विन्टल सुन कसरी पास हुन्छ ?’ उनले निश्पक्ष छानविनका लागि उच्चस्तरीय छानविन समिति बनाउँ भन्दा पनि सरकारले नमानेको बताए । त्यसले झन आशंका उत्पन्न गरेको उनको भनाइ छ ।

ओलीले एमालेलाई डेमोक्रेसीको मतलब छैन भनेर हल्ला गरेको आरोप लगाए । ‘के सुन खानेहरुलाई डेमोक्रेसीको मतलब छ ? तस्करहरुलाई डेमोक्रेसीको मतलब छ ? हामीलाई छैन ? यस्तो पनि हुन्छ,’ उनले भने, ‘तर, उनीहरु त्यस्तै कुरा गरिहेका छन् । हामी देशलाई समृद्धिको दिशा अघि बढाउन खोजिरहेका छौं ।’ अध्यक्ष ओलीले अहिलेको सरकारलाई अनौठो सरकारको संज्ञा दिए ।

प्रतिक्रिया





Top