जनकपुर : Mit क्याम्पसको बसले ठक्कर दिदा एक जनाको मृत्यु

न्यूज डेस्क     २०८० भाद्र ७, बिहीबार १९:२६ बजे मा प्रकासित


महोत्तरी , भदौ ०७ गते । महोत्तरीको जलेश्वर नगरपालिका वडा नं. ९ प्रकौली चौकस्थित दामोदर एकेडमी गेट अगाडि मिट क्याम्पस जनकपुरको बसले आज बिहान ११:३० बजे ठक्कर दीदा एक जनाको मृत्यु भएको छ।

मृत्यु भएको व्यक्तिलाई जलेश्वर प्रादेशिक अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रकौली निवासी संतोष यादव ज ८ प ९२६७ नं. को मोटरसाइकल ले प्रकौली बाट जनकपुर तर्फ जाने क्रममा बिपरीत दिसा बाट आउदै गरेको बा२क १५३६ नं को मिट क्याम्पसको बसले उनलाई ठक्कर दिएको हो ।

हुलाकी सड़क को जलेश्वर जनकपुर सड़क खण्ड मा काम नहुँदा समेत सड़क अबरुद्ध पारेर राखदा दुर्घटना भएको भन्दै स्थानियले अहिले सड़क जाम गरेर पर्दर्शन गरेका थिए ।

वडा अध्यक्ष ,जलेश्वर नगरपालिका-९ परिकौली महोत्तरी
यता शव पोस्टमार्टम को लागि प्रादेशिक अस्पताल जलेश्वर राखिएको छ भने चालक फरार रहेको प्रहरीले जनाएको छ । बस प्रहरी नियन्त्रणमा छ ।

प्रतिक्रिया





Top