बारा । बारामा तस्करी धन्दा खुलेयाम चलिरहेको छ । पथलवाघाट र खजानी क्षेत्रबाट अहिले व्यापक तस्करी धन्दा चलेको छ। नेपाल प्रहरीको स्थानीय चौकीसंग सेटिङ मिलाएर उनीहरूको संरक्षणमा यसरी तस्करी चलिरहेको हाम्रो स्थानीय संवाददाताले जानकारी दिएका छन् ।
नेपाल प्रहरीका मधेस प्रदेश प्रमुख डिआइजी जनक भट्टराईले बाराका विभिन्न नाकाहरूबाट प्रहरीकै संरक्षणमा तस्करी भैरहेको सुचना पाएपछि बारम्बार तस्करी रोक्न निर्देशन दिएको भए पनि अझै तस्करी नियन्त्रण होइन झन् व्यापक रूपमा चलिरहेको छ। प्रहरी महानिरीक्षक बसन्त बहादुर कुंवरले संगठनमा शुद्धीकरण गर्ने र सीमावर्ती क्षेत्रबाट हुने चोरी तस्करी नियन्त्रण गर्ने निर्देशन बारम्बार दिएको भए पनि मातहतका प्रहरीले कार्यान्वयन गरेको देखिदैन । केन्द्र र प्रदेश प्रहरी प्रमुखले बारम्बार दिएको नीति निर्देशन विपरीत अहिले बाराको पथलवाघाट र खजानीबाट व्यापक तस्करी भैरहेको छ।
प्रहरी सेटिङ र संरक्षणमा पथलवाघाट र खजानीबाट तस्करीको लाइन पाउनेहरूमा माष्टर कपडा , नरेश यादव मल , भैंसी , अरबिन्द साह , प्रविण साह कपडा , हार्डवेयर , भोला साह कपडा , प्रदिप साह किराना , हार्डवेयर , उपेन्द्र यादव किराना ,हार्डवेयर , नितेष यादव सूर्ति , हार्डवेयर , रमा कान्त यादव कपडा , मुकेश मुखिया हार्डवेयर , कपडा , गोरे नवल भैंसी , दिनेश यादव कपडा हार्डवेयर प्रमुख छन् ।
पथलवाघाटबाट निस्के पछि झन्डै ४ सय मिटरको फरकमा खजानी चौकी रहेको छ । पथलवाघाट र खजानी दुबै चौकीमा सुजित सिंह ( एकै नाम गरेका ) नाम गरेका असई छन् । यी दुबै प्रहरी चौकी असई दर्जाको लागि बारा जिल्लाको सबैभन्दा राम्रो र अतिरिक्त आम्दानी हुने चौकीमा पर्ने कुरा जिल्ला प्रहरी कार्यालयका एक प्रहरी निरीक्षकले बताए । उनका अनुसार यी दुबै चौकीमा जानका लागि जिल्ला प्रहरी कार्यालयका प्रमुखलाई टेण्डर अर्थात जसले बढी मासिक बुझाउने गरि कबोल गर्छ उसैले जाने अवसर पांउछ । यसरी ठेक्का हालेर गएपछि चौकी गएर तस्करी गराउने र रकम असुली नगरि के गर्ने त ? अर्का एक सईले बताए ।








प्रतिक्रिया