बिनोद निगम, नवलपरासी / १२ भदौ ।पश्चिम नवलपरासीको रामग्राम नगरपालिका १२ शान्तीचौर स्थित गएराती ८:५० बजे परासी भुमही सडक खण्डमा भुमहीबाट परासी तर्फ आउदै गरेको कार आफै अनियन्त्रित भई दुर्घटना भएको छ ।
बाटोको बिचमा राखेको डिभाडरमा ठोक्कीन गइ पल्टिदा कारमा सवार ४ जना घाईते भई उपचारको लागी जिल्ला अस्पताल परासी ल्याइएको थियो । दुर्घटनामा परी घाइते हुनेहरूमा कार चालक सुनवल नगरपालिका ११ केरवानी बस्ने बर्ष अन्दाजी ४५ को यज्ञ प्रसाद चौधरी, दाहिने हातमा चोट,अवस्था मध्यम, सोही कारमा सवार धादिङ निलकण्ठ नगरपालिका १ झुसेलि बस्ने बर्ष अन्दाजी २५ को टिकाराम गुरुङको गालामा चोट, अवस्था सामान्य धादिङ टाउले बस्ने बर्ष अन्दाजी ३२ को डिल माया तामाङ बाहिरी चोटपटक नभएको अवस्था सामान्य र ति महिलाको छोरी १० महिना
की अहाना तामङको बाहिरी चोटपटक नभएको , अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी भोजराज पाण्डेले जानकारी दिए।
सबै घाइतेहरु सामान्य उपचार पश्चात् हिजो नै डिष्चार्ज भएको छ । जिप्रका बाट प्रहरी नायब निरीक्षक संतोष ज्ञवालीको कमाण्डमा ७ जनाको टोली घटनास्थल पुगि कारलाई घटनास्थलबाट उठाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको र दुर्घटनाका विषयमा थप अनुसन्धान भैरहेको समेत डिएसपी पाण्डेले बताउन भयो ।








प्रतिक्रिया