सिंहदरवारमा आगो लगाइदिन्छु याद राख चाेर सरकार : मेयर बालेनको चेतावनी

न्यूज डेस्क     २०८० भाद्र १७, आईतवार ०८:१५ बजे मा प्रकासित


जनकपुरधाम । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले संघीय सरकारप्रति कडा टिप्पणीसहित चेतावनी दिएका छन् ।उनले आफ्नो महानगरपालिकाको गाडी रोके सिंहदरबारमा आगो लगाइदिने चेतावनी दिएका हुन् । त्यति मात्र होइन उनले सरकारलाई चोर पनि भनेका छन् ।

आज साँझ सामाजिक संजाल आफ्नो फेसबुकको भित्तामा मेयर बालेन्द्रले स्टाटस लख्दै यस्तो चेतावनी दिएका हुन् ।

‘आजको लागी केहि भएन ,भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने ,सिंहदरवारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।. बालेनले लेखेका छन् ।

प्रतिक्रिया





Top