स्रोत नखुलेको २० लाख रुपैयाँसहित दुईजना पक्राउ

न्यूज डेस्क     २०८० भाद्र २५, सोमबार ०९:४१ बजे मा प्रकासित


बिनोद निगम, नवलपरासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिका ७ भुजहवास्थित झरही खोलाको पुलबाट स्रोत नखुलेको २० लाख नेपाली रुपैयाँ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पाल्हीनन्दन गाउँपालिका २ बस्ने बर्ष २४ को रामपत गुप्ता र सोही ठाउँ बस्ने बर्ष ३८ को गफ्फार राईन कुजडा रहेका छन् । १ हजार १ सय ९० थान एक हजारका र १ हजार ६ सय २० थान ५ सयको नोट रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिम र प्रहरी चौकी भुजहवाबाट खटिएको प्रहरीले भुजहवाबाट महेशपुरतर्फ जाँदै गरेको अनटेस्ट लेखिएको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूले आफ्नो कम्मरमा पेटीले बाँधी लुकाई छिपाई राखेको अवस्थामा उक्त नगद फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

स्रोतखुलाउन नसकेपछि पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया





Top