कमला नदीमा अबैध उत्खनन् गर्ने ट्याक्टर प्रहरीको नियन्त्रणमा

न्यूज डेस्क     २०८० भाद्र २५, सोमबार १०:१९ बजे मा प्रकासित


जनकपुरधाम । कमला नदीमा अबैध रुपमा ढुङ्का उत्खनन् गर्ने एउटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आइतबार बिहान प्रहरी चौकी बरमझिया धनुषाबाट खटिएको प्रहरी टोलीले गणेशमानचारनाथ नगरपालिका ९ कमला खोला स्थित अबैध ढुङ्गा उत्खनन गरी लोड गरेको अबस्थाम स १ त ४५८९ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

नियन्त्रणमा लिइएको ट्याक्टर आवश्यक कार्वाहीको लागी गणेशमानचारनाथ नगरपालिका कार्यालयमा पठाईएको प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।

प्रतिक्रिया





Top