धनुषा : डिएसपी वेदप्रसाद गौतमकाे सरुवा

न्यूज डेस्क     २०८० आश्विन ६, शनिबार ०८:०२ बजे मा प्रकासित


जनकपुरधाम । धनुषाका प्रहरी नायव उपरीक्षक (डिएसपी) वेदप्रसाद गौतमको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत्त डिएसपी गौतमलाई सुनसरी स्थित नेपाल प्रहरी विशेष सुरक्षा गण दुहवी काजकाे लागि सरुवा गरेको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाले शुक्रबारब फेरि भेटौला कार्यक्रम आयोजन गरी डिएसपी गौतमको बिदाई कार्यक्रम गरेको हो । धनुषाका प्रहरी उपरीक्षक (एसपी) विश्वराज खड्कासहितउनले डिएसपी गौतमलाई तथा अविर लगाई बिदाई गरेका हुन् ।

प्रतिक्रिया





Top