ब्राउनसुगर सहित एक जना पक्राउ

न्यूज डेस्क     २०८० आश्विन ७, आईतवार ०६:३६ बजे मा प्रकासित


सिरहा। सिरहाको गोलबजारबाट लागू औषध कारोवारमा संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गोप्य सूचनाका आधारमा ईलाका प्रहरी गोलबजारबाट प्रहरी निरीक्षक सुनिल कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले ब्राउन सुगर सहित राम एकवाल गिरीलाई नियन्त्रणमा लिएको हो ।

गोलबजार नगरपालिका वडा नं. ६ लक्ष्मी मन्दिरस्थित बस्दै आएका ३६ वर्षीय रामएकवाल गिरिको घरमा खानतलासी गर्दा गिरी सुत्ने कोठाबाट २ थान थालमा कालो प्लास्टिकको २ वटा पोको बनाई राखेको अवस्थाका ब्राउन सुगर प्रहरीले फेला पारेको थियो ।

फेला पारिएको लागु औषध ब्राउन सुगरलाई तौल गर्दा ५०० मिलिग्राम भएको र उक्त लागू औषध रितपूर्वक लागु औषध सहित गिरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

गिरीलाई मिति २०८०।०६।०६ गते अ. ०९;४५ बजेको समयमा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया





Top