राष्ट्रपति पौडेललाई जानकी मन्दिरमा चप्पल लगाएरै पूजाअर्चना गर्न

न्यूज डेस्क     २०८० आश्विन ८, सोमबार ०९:३१ बजे मा प्रकासित


जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाम आज आउन लागेका राष्ट्रपति रामचन्द्र पौडेललाई जानकी मन्दिरमा पूजाअर्चना गर्न समेत चप्पलको व्यवस्था गरिएको छ । आज बिहान ९ बजे जनकपुरधाम आउन लागेका राष्ट्रपति पौडेल जानकी मन्दिरमा पूजार्अचना गर्ने कार्यक्रम रहेको छ । मन्दिरमा पूजाअर्चना गर्न उनका लागि मन्दिरमा चप्पलको व्यवस्था गरिएको छ ।

जानकी मन्दिरका सहायक महन्त रोषण दास ‘वैष्णव’ ले माता जानकीको गर्भगृहसम्म पुग्न राष्ट्रपति पौडेलका लागि आयोजक जनकपुरधाम उपमहानगरपालिकाले नै चप्पलको व्यवस्था मिलाएको बताए ।

राष्ट्रपति पौडेलको लागि जानकी माताको गर्भगृहसम्म पुग्न चप्पलको व्यवस्था मिलाएपछि विरोध भइरहेको छ ।

प्रतिक्रिया





Top