जनकपुर : मुख्यमन्त्रीलाई कालोमोसो दल्ने चेतावनी दिने पक्राउ परेका चिकित्सक झा रिहा

न्यूज डेस्क     २०८० आश्विन ११, बिहीबार १२:२१ बजे मा प्रकासित


जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्रीलाई समाजिक संजालमा कालोमोसो दल्ने चेतावनी दिने जनकपुरका चिकित्सक अरुण झा रिहा भएका छन् । गल्ती स्वीकार गरेको र आयिन्दा यस्तो गल्ती नदोहरिने सर्तमा उनलाई रिहा गरिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।

मुख्यमन्त्रीलाई कालोमोसो दल्ने चेतावनीसहितको स्टेटस फेसबुकमा लेखेपछि मौखिक उजुरीको आधारमा उनलाई प्रहरीले बुधबार पक्राउ गरेको थियो । मौखिक उजुरी मात्र भएकाले गल्ती स्वीकार गरेपछि उनलाई छाडिएको डिएसपी अवाको भनाइ छ ।

पक्राउ परेर छुटेका झा आयुवर्देदिक चिकित्सक हुन् । मधेश आन्दोलनमा उनी सक्रिय भूमिका निर्वाह गरेका थिए । उनी आयुवर्देद चिकित्सक हुन् ।

प्रतिक्रिया





Top