विद्युत् पोल्मा बत्ती निभाउँदा करेन्ट लागेर मृत्यु

न्यूज डेस्क     २०८० आश्विन १२, शुक्रबार १६:३७ बजे मा प्रकासित


बिनोद निगम ,नवलपरासी/१२ असाेज । पश्चिम नवलपरासीको रामग्राम विद्युतको करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । रामग्राम नगरपालिका वडा नं ७ मा विद्युतको करेन्ट लागेर एक जनाको मृत्यु हो ।

विद्युतको करेन्ट लागेर मृत्यु हुनेमा रामग्राम ७ उजैनी बस्ने बर्ष ३५ का जय प्रकाश यादवले आफ्नै घर अगाडि रहेको बिजुलीको पोलमा बत्ती निभाउन जाँदा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी एवम् सुचना अधिकारी रेशम वोहराले जानकारी दिए ।

स्थानियका अनुसार उक्त विद्युत खम्बामा वाइफाइ तथा अन्य तार भुइँसम्म लत्रिएको अवस्थामा रहेको स्थानीयको भनाइ छ। तार हाई टेन्सनको तारमा टासिन गएर उक्त घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकाररी रेशम वाेहराले जानकारी दिनुभयाे ।

पोलमा लुत्रिएको अवस्थामा रहेकाे लिङ्क वाईफाईकाे हई टेन्सन उक्त तारमा छाेईएकाले पाेलकाे बत्ती निभाउने क्रममा छुईन पुग्दा यादवको मृत्यु भएको प्रत्यक्ष दर्शीले जनाएका छन् । नगरभित्र यसरी लुट्रिएको अवस्थाका तारहरु धेरै रहेकोले सम्भाबित दुर्घटना प्रति सम्बन्धित निकाय गम्भिर हुन जरुरी छ ।

विद्युत खम्बामा लुत्रीएको तारमा दोषी नेपाल बिधुत प्राधिकरण वा कस्को लापरबाहीले यसरी हुन गएको हो भन्ने बारे अनुसन्धान गरी तत्काल कानूनी कारवाहीको प्रक्रिया अगाडि बढाउन स्थानियले माग समेत रहेका छन ।
मृत्यु भएका यादव सिदार्थ बैंक परासी शाखामा गार्डको काम गर्दै आएका थिए । घटना आज बिहान करिब ६ बजेको समयमा भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया





Top