सप्तरी । मधेश प्रदेशको सप्तरीमा बोरामा राखिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।शनिबार बिहान जिल्लाको खडक नगरपालिका वडा नम्बर ११ बनौलीस्थित पोखरीमा पुरुषको शव फेला परेको हो ।
स्थानीय रामप्रसाद यादवको घरछेउको पोखरीमा बोराभित्र सडेगलेको अवस्थामा तत्काल पहिचान हुन नसक्ने पुरुषको शव फेला परेको सप्तरीका डीएसपी ढुण्डीराज नेउपानेले जानकारी दिए ।
कसैले हत्या गरी बोरामा हालेर पोखरीमा हालेको हुनसक्ने अनुमान गरिएको छ ।अनुसन्धानपछि मात्र विस्तृतमा बताउन सकिने डीएसपी नेउपानेले जनाए ।








प्रतिक्रिया