मधेस प्रदेश : मुख्यमन्त्री यादवले कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी मन्त्री यादवलाई

न्यूज डेस्क     २०८० आश्विन १८, बिहीबार ०६:१० बजे मा प्रकासित


जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्री कृष्णप्रसाद यादवलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिनुभएको छ ।

नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलका नेतासमेत रहेका भौतिक पूर्वाधारमन्त्री यादवलाई मुख्यमन्त्री यादवले बुधबारबाट कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिनुभएको हो ।

काम विशेषले प्रदेश बाहिर जानुपर्ने भएकाले नआउञ्जेलसम्मका लाागि यादवलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिएको मुख्यमन्त्री यादवले जनाउनुभएको छ ।

प्रतिक्रिया





Top