फेस्बुकमा भ्रष्ट जलेश्वरका मेयर सोनार भनेपछि बद्रीनाथ झा पक्राउ

न्यूज डेस्क     २०८० आश्विन २०, शनिबार ०७:४६ बजे मा प्रकासित


जनकपुरधाम । महोत्तरी जिल्लाको जलेश्वर मेयरको सामाजिक संजालमा आलोचना गरेको आरोपमा युवा बद्रीनाथ झालाई प्रहरीले पक्राउ गरको छ ।

जलेश्वरका मेयर सुरेश साह सोनारले दिएको जाहेरीको आधारमा जलेश्वर ३ का बासिन्दा झालाई बिहीबार पक्राउ गरेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेका झामाथि साईबर अपराध कसुर मुद्दा चलाइएको छ । बिहीबार उनलाई महोत्तरी जिल्ला अदालतबाट हिरासतमा राख्ने पाँच दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको महोत्तरी प्रहरीले जनाएको छ ।

पक्राउ परेका झा समाजिक संञ्जालमा स्थानीय स्तरमा हुने भ्रष्टाचार, विक्रीति व्यतिथिको उजागर गरिरहन्छन् । मेयरकै आरोचना गरेको आरोपमा उनलाई पक्राउ गरेपछि चौतर्फी विरोध भइरहेको छ ।

प्रतिक्रिया





Top