बिनोद निगम ,नवलपरासी । पश्चिम नवलपरासीकाे बर्दघाटमा रहेकाे एक रेस्टुरेन्टकाे काेठामा खानतलासी गर्दा आज नक्कली नोट सहित काराेबार गर्ने २ जना मानिस लाई प्रहरीले पक्राउ गरेको छ।
दिउँसो १ बजे बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीबाट प्रहरी निरीक्षक सुदर्शन पन्थीको कमाण्डमा खटिएको प्रहरी टोलीले बर्दघाट नगरपालिका वडा नं.४ स्थित बिनय होटल एण्ड रेष्टुरेन्टको कोठा नं.३ मा खानतलासी गर्दा नक्कली नाेट सहित २ जना पक्राउ गरेकाे हाे ।
बरामद भएकाे नक्कली नाेटमा रु.१ हजार दरको ज८ २४७०५७ को ६७ थान र छ ०६४७९४ को ७२ थान गरी जम्मा १३९ थान अर्थात १ लाख ३९ हजार रहेकाे जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएकाे छ ।
त्यसैगरी पक्राउ पर्नेमा जिल्ला तनहूँ ऋषिङ्ग गाउँपालिका वडा नं.३ दानश्री बस्ने नर बहादुर बि.क.का छोरा बर्ष २५ का सुरज बि.क.र बुलिङ्गटार गाउँपालिका वडा नं.६ ठिमुरे बस्ने छबिलाल विश्वकर्माको छोरा वर्ष ३० का कृष्ण बहादुर विश्वकर्मा रहेकाे प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी रेशम वाेहराले जानकारी दिनुभएकाे छ ।
चेकजाँचका क्रममा नक्कली नोट सगै नोट बनाउन प्रयोग गरिने सामान समेत फेला परेकोले तत्काल दुई जना मानिसहरुलाई नियन्त्रणमा लिएको र थप अनुसन्धान कार्य भैरहेको समेत डिएसपी वाेहराले बताएका छन्








प्रतिक्रिया