धनुषा : छिमेकी मामाबाटै हाथखुट्टा बाँधेर एक बालिका बलात्कृत

न्यूज डेस्क     २०८० आश्विन २५, बिहीबार १४:०८ बजे मा प्रकासित


जनकपुरधाम । धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका इच्छापुरमा एक १५ वर्षिय बालिका बलात्कृत भएकी छिन । क्षिरेश्वरनाथ नगरपालिका ८ घर भएकी बालिका असोज २० गते शनिवार नातामा मामा पर्ने एक छिमेकीबाट बलात्कारको शिकार भएकी हुन ।

छिमेकीको नातामा भान्जी पर्ने वालिका असोज २० गते शनिवार करिब ५ वजे तिर खेतमा घाँस काटन गएको वेला एक्लो देखर उँखुवारीमा लगी बलात्कार गरेको वालिकाले आरोप लगाएकी छिन ।बालिका नातामा भान्जी पर्ने सोही वडा वस्ने छिमेकी वर्ष २५ का इस्वर राज नाम गरेको भरत महतोबाट बलात्कृत भएकी हुन ।शनिवार आफनो खेतमा घाँस काटिरहेकी वालिकालाई बाख्रा चराउन गएको भरत महतोले बालिकालाई एक्लै देखेपछि घरमा बाख्रा बाँधेर पुन्ह घाँस काटिरहेकी बालिकालाई पछाडीबाट आँखा छोपी हाथखुट्टा बाँधेर उँखुवारीमा लगी बलात्कार गरेको बालिकाले आरोप लगाईन ।

वालिकाको अनुसार आफनो आँखा खोलेपछि आफनै छिमेकीको मामा पर्ने भरत महतो रहेको र महतोले आफूलाई लुगा र चप्पल किनदिने लोभ देखाएको बताइन । पिडित वालिका रुदै घरमा आफनो दाईलाई घटना वारे जनकारी गराइकिथिइन । एता पिडित वालिकाको दाजु घटना गरेको भरतलाई समातेर प्रहरीकोमा बुझाउन खोजदा आरोपितको मामा रुदल महतो र मिथिलेश महतो गाउँमै घटना मिलाउन दवाव दिएको बताए । साथै आफूलाई पैसाको प्रलोभन देखाउँदै गाउँमै घटना मिलाउन गाउँकै अरु व्यक्तिहरुबाट भन्न लगाएको बताए ।

एता घटना जनकारी पाउँन साथ पिडित वालिकालाई मेडिकल गराई आवश्यक प्रक्रिया अगाडी बढाइएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरिक्षक दिपक कार्कीले जानकारी दिए ।

प्रतिक्रिया





Top