सबिन तामङ , महोत्तरी । विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको उपलक्ष्यमा मधेस प्रदेशकाे महोत्तरी जिल्ला बर्दिवास नगरपालिका वडा नम्बर ३ र बर्दिवास युनाइटेड फुटबल क्लबको यायोजनामा दोस्रो वडाकप फुटबल प्रतियोगिता २०८० वडा ३ को खेलमैदान गौरीडाँडामा गत असोज २५ गते बिहीबार देखि प्रारम्भ भएको छ ।
उद्घाटन समारोमा वडा ३ को अध्यक्ष बिराट कुमार बिष्ट र बर्दिवास युनाइटेड फुटबल क्लवका अध्यक्ष बिनोद खड्का द्वोयले सभापतित्व गर्नुभएको थियो। प्रमुख अतिथि बर्दिवास नगरपालिकाको मेयर प्रह्लाद कुमार क्षेत्री हुनुहुन्थ्यो भने विशेष अतिथिमा बर्दिवास उद्योग वाणिज्य संघका अध्यक्ष बिष्णु खडका, ईलाका ट्राफिक प्रहरी कार्यलय बर्दिवासका प्रमुख र बर्दिवास नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत किरण निधि तिवारी, बर्दिवास नगरपालिका १४ वटै वडाका वडाअध्यक्षहरु रहेको थियो ।
अतिथिमा नेपाली काँङ्ग्रेसका नेता ज्योती स्याङ्तान, स्थानीय विद्यालयका प्रधानाध्यापकहरु, सुरक्षा निकायका प्रतिनिधिहरुको उपस्थित रहेको थिए।
प्रतियोगिताको शुभकामना मन्तव्यको क्रममा बर्दिवास उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु खड्काले विशेष अतिथिको मन्तब्य दिदै वर्षभरी मौन रही वर्षको एकपटक तामझामका साथ खेलको आयोजना भएको देख्दा वास्तवमै दशैं आएको महसुस भएको भनी सम्बन्धि निकाएलाई सुझाव दिनुहुँदै उहाँले खेल मैदानको अभावमा नियम बिपरित खेलाडी संख्यानै घटाएर खेल खेलाउनु पर्ने बिडम्बना हटाउन हरेक वडामा आफ्नै ब्यबस्थित मैदानको निर्माण गरि बर्षैभरी खेलको आयोजना गर्न सके मात्र खेलकुदको वृद्धि र विकास हुने बताउनुभयो ।
यसैगरी उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर प्रह्लाद कुमार क्षेत्रीले बर्दिवास नगरपालिका पहिला कस्तो थियो आज कस्तो भइरहेको छ, पहिला पनि स्थानीय सरकार थिए त्यो बेलाको अवस्था र आजको अवस्थामा सडक, अस्पताल, शिक्षा,लगायतका जनताको प्रत्यक्ष सरोकार राख्ने बिषयमा बिकासले फट्को मारेको तिर दृश्यावलोकन गर्न आग्रह गर्नुभएको छ।
उहाँले बर्दिवासको खेल विकास गर्न स्थाइ रुपमा पर्याप्त खेलमैदान नभएकोले बर्दिवास ३ स्थित गौरीडाँडा रेडियो नेपालको कार्यालय पछाडि शनि खोल्सीको ४ बिगाहा क्षेत्रफलको अनुत्पादक जग्गालाई खेल मैदान बनाउन प्रक्रिया अगाडि बढेको भताउनुभयो ।
आयोजक नव गठित बर्दिवास युनाइटेड फुटबल क्लब बर्दिवास नगर भित्र रहेका क्षमतावान प्रतिभाशाली खेलाडीहरुको पहिचान गरि प्रशिक्षण दिँदै आफ्नो क्षेत्र बाट राष्ट्रिय स्तरको खेलाडीको उत्पादन गर्ने उदेश्यले यस प्रतियोगिताको आयोजना गरेको क्लबका अध्यक्ष विनोद खड्काले मधेश पाटी अनलाइनलाई जानकारी दिएका छन ।
प्रतियोगितामा विजेता टिमले सिल्ड ट्रफीको साथमा क्रमशः रु. ४१०२१ र उपविजेताले २१०२१ प्राप्त गर्ने आयोजकले बताएका छन् । प्रतियोगिता कार्तिक ४ गते सम्पन्न हुने छ।











प्रतिक्रिया