जनकपुरधाम । मधेश प्रदेशको बारा जिल्लाबाट औषधी उत्पादन गर्दै आएको आर्या कम्पनीको औषधीमा लेदो र किरा फेला परेको हो ।औषधी उत्पादन गर्ने कम्पनीले विरामीहरुको स्वास्थ्यसँग गम्भीर खेलवाड गरिरहेको रहस्य बाहिरिएको छ । बारा जिल्लाको छातापिपरा अवस्थित कम्पनीले गुणस्तहिन औषधी उत्पादन गरी विरामीहरुको स्वास्थ्यसंग खेलवाड गरि रहेको छ । आर्या कम्पनीले उत्पादन गरेको ल्यासोमिन सिरपमा सेतो लेदो र किरा फेला परेको छ । धनुषा जिल्लाको बटेश्वर गाउँपालिका बस्ने अरुण सिंहले बटेश्वर गाउंपालिका, चित्रपुर, लवकुश बजार स्थित एक औषधी पसलबाट खरिद गरेको सिल प्याक ल्यासोमिन सिरपमा लेदो र किरा फेला परेको हो । स्थानीय औषधी पसलबाट खरिद गरेको सिलप्याक अवस्थामा रहेको औषधी विरामी छोरालाई खुवाउन पकेट खोल्दा बोतलभित्र शंकास्पद वस्तु फेला परेको हो । औषधीमा सेतो लेदो र किरा देख्दा स्थानीयहरुले औषधी पसलमा खबर गरेका थिए । खबर गर्दा औषधी पसलले आफूले उत्पादन नगरेको र कम्पनीको गल्ती भएको बताए ।
सिलप्याक अवस्थामा रहेको ल्यासोमिन सिरपको बोतलमा उत्पादन मिति मार्च २०२३ उल्लेख छ । म्याद सकिने मिति अगस्ट २०२४ उल्लेख रहेको बोतलको ब्याच नम्बर एफ एल एस एल ९००४३ रहेको छ । औषधीमा लेदो र किरा परेको बारेमा कम्पनीका म्यानेजर दिपेन्द्र झालाई जानकारी गराउँदा औषधीमा लेदो र किरा भेटिनु सामान्य कुरा भएको बताए । उनले भने यो मेरो कम्पनीमा मात्रै हैन अन्य कम्पनीमा समेत यस्तो समस्या आइरहन्छ, तपाइर्लाई हाम्रो कम्पनीको औषधी मन नपरे नकिन्नुस् भन्दै धम्कीपूर्ण तरिकाले गैरजिम्मेवारीपूर्वक जवाफ दिएका छन् । तपाईलाई जे मन लाग्छ गर्नुस्, कम्पनीमाथि मुद्दा हाल्नुस् भन्दै गैरजिम्मेवारीपूर्ण जवाफ दिएका छन् ।








प्रतिक्रिया