जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाममा एक युवकको शव फेला परेको छ। जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ बेलास्थित धान खेतमा अन्दाजी २५ वर्षीय युवकको शव फेला परेको प्रहरीले जनाएको हाे ।युवकको पहिचान खुल्न सकेको छैन।
घटनास्थलको प्रकृतिले युवकको हत्या भएको आशंका छ। घटनाको अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुर सहितको टोलील्याइएको छ,’ डिएसपी आवाले भने।युवकको शरीरमा रगतको टाटा देखिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन आवाले जानकारी दिए।
घटनाबारे थप अनुसन्धान भैरहेको डिएसपी आवाले बताएका छन ।








प्रतिक्रिया