सबिन तामाङ, महोत्तरी । विजया दशमी दिपावली छठ तथा नेपाल संवत जस्ता पर्वको उपलक्ष्यमा स्वास्थ्यको लागि खेल भन्ने नारा उद् घोष गरि महोत्तरी जिल्ला बर्दिवास नगरपालिका वडा नम्बर ५ टुटेश्वर युवा क्लब द्वारा आयोजित फुटबल प्रतियोगिता गत कार्तिक १२ गते आइतबार सम्पन्न भएको छ।
प्रमुख अतिथि बर्दिवास नगरपालिका ५ का वडा अध्यक्ष काहरमान स्याङ्बाले विजेता समुह र खेलाडीहरुलाइ पुरस्कर वितरण समारोहमा सम्बोधन गर्दै स्वास्थ्यका लागि खेलकुद र राष्ट्रको लागि खेलकुद भन्ने नेपाल सरकारको अभियानलाई टेवा पुर्याउन खेलकुद जगतलाई मनोरञ्जनको रुपमा नलिइ स्वच्छ प्रतिस्पर्धात्मक र अन्तर्राष्ट्रिय मापदण्ड नुसार प्रशिक्षणको ब्यबस्थापन गर्नुपर्ने बताउनुभयो।
खेलकुद लाई नै पेशा अपनाएर अघि बढ्न खोज्ने प्रतिभावान खेलाडीहरुलाइ प्रोत्साहन र उचित प्रशिक्षण दिलाइ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहको खेलाडी उत्पादन गर्न आफ्नो निकायबाट निरन्तर प्रयत्न गर्ने यसका लागि नियमित खेलकुद प्रतियोगिताको आयोजना गर्ने प्रतिबद्धता जनाउदै अध्यक्ष स्याङ्बाले प्रतियोगितामा सहभागी दर्शकलाइ धन्यवाद र विजेता टिम तथा खेलाडी बधाइ दिनु भयो ।
असोज २५ गतेबाट सुरु भएको प्रतियोगितामा सर्लाही महोत्तरी धनुषा लगायतका मधेस प्रदेश भित्रका विभिन्न जिल्ला बाट कुल २६ टिमको सहभागी रहेकोमा फाइनल खेलमा आयोजक टिमलाई टाइप रेकर्डमा ४/२ गोलले पछि पार्दै बर्दिवास ११ खयरमारा टिम विजेता भएको हो ।
प्रतियोगितामा विजेता टिमले रु. पचास हजार एक र उपविजेता टिमले रु. पच्चीस हजार एक साथै सिल्ड मेडल तथा प्रमाणपत्र जितेको बर्दिवास नगरपालिकाका पुर्व कार्यपालिका सदस्य, माओवादी नेता तथा आयोजक क्लबका सल्लाहकार सुर्य बहादुर विश्वकर्मा र क्लबका अध्यक्ष सुदर्शन थापाले मधेस पाटी डटकम लाई जानकारी दिनुभयो ।










प्रतिक्रिया