धनुषामा खसीको मासु बेच्ने भनी बाख्राको बेच्ने प्रहरीले एक व्यवसायी पक्राउ

न्यूज डेस्क     २०८० कार्तिक १८, शनिबार ०७:३९ बजे मा प्रकासित


जनकपुरधाम । धनुषा जिल्लाको महेन्द्रनगरबाट खसीको मासु भनि बाख्राको मासु बेच्ने एक व्यवसायी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरका गुल्जार महम्मद रहेका छन् ।

बिहिबार ईलाका प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीको गस्ती टोलीले क्षिरेश्वरनाथ ५ महेन्द्रनगरमा महम्मदले सञ्चालन गरेको साहिल फ्रेस हाउँसमा गई चेक जाँच गर्दा पसलको अगाडी खसीको मासुको सानो टुक्रा संगै छाला बिनाको बाख्रालाई खसीको अण्ड कोष र पिसाब गर्ने लिंग जस्तो बनाई खसीको मासुसंगै बिक्री गर्नको लागि राखेको अवस्थामा फेला पारेको थियो ।

खशीको मासु र बाख्राको मासु नाप तौल गर्दा छाला भएको खशीको मासु २१ किलो र बाख्राको मासु ८ किलो समेत बरामद गरेको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया





Top