अदालतबाट लेनदेन मुद्दा जितेपछि अपहरणमा परेका साहको प्रहरीले गर्‍यो भारतबाट उद्धार

न्यूज डेस्क     २०८० कार्तिक २१, मंगलवार ०५:३५ बजे मा प्रकासित


वीरगन्ज । अपहरणमा परेका पर्साका नथुनी साह कलवारलाई भारतको भेलाहीबाट उद्धार गरिएको छ । जिल्लाको कालिकामाई गाउँपालिका पडा नम्बर ४ का कलवारलाई नेपाल प्रहरीले उद्धार गरेको हो ।

आइतबार बेलुका अपहरणमा परेका नथुनीलाई आइतबार नै करिब राति साढे १२ बजेतिर सीमावर्ती भारतीय गाउँ भेलाहीबाट प्रहरीले उद्धार गरेको हो ।

इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले नथुनीलाई पर्साकै पकाहामैनपुर गाउँपालिका-१ धोरे नजिकको सिमानाबाट करिब ३ किलोमिटर भारतभित्र पर्ने भेलाही गाउँबाट भारतीय प्रहरीको सहयोगमा उद्धार गरिएको इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ ।

नथुनीलाई अपहरण गरेको आरोपमा प्रहरीले कालिकामाई-४ कै आमोद चौरसिया (बरई) लाई पक्राउ समेत गरेको छ । पर्सा जिल्ला अदालतबाट मुद्दा जितेर साइकलमा वीरगन्जबाट गाउँ फर्किरहेका बेला आफूलाई उनीहरूले पर्साको प्रसौनी भन्ने ठाउँबाट अपहरण गरेको नथुनीले बताए ।

प्रतिक्रिया





Top