महोत्तरी : NMB बैंक लुट्ने खोज्ने एक जना कारागार चलान

न्यूज डेस्क     २०८० कार्तिक २१, मंगलवार ०६:२५ बजे मा प्रकासित


जनकपुरधाम । महोत्तरीमा हतियार देखाउँदै एनमबी बैंक लुट्न खोज्ने एक जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । सोमबार जिल्ला अदालत महोत्तरीले बैंक लुट्ने धनुषा मुखियापट्टी मुसहरनिया गाउँपालिका २ मुखियापट्टी बस्ने वर्ष २२ वर्षीय अनरजीत रामलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

 

थुनछेक बहस पश्चात् उनलाई कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी एवं प्रवक्ता दिलिपकुमार गिरिले जानकारी दिए । उनलाई जलेश्वर कारागार महोत्तरीमा पठाइएको प्रहरीले जनाएको छ ।रामसहितले गत जेठ १६ गते दिउँसो १२ बजेर ३५ मिनेटमा महोत्तरीको महोत्तरी गाउँपालिका २ महोत्तरी बजारस्थित एनमबी बैंकबाट हतियार देखाएर १५ लाख रुपैयाँ लुटेका थिए ।
बैंक लुटपाट घटनामा अहिलेसम्म दुईजना पक्राउ परिसकेका छन् ।

 

पक्राउ परेकामध्ये एक जनालाई यसअघि नै पक्राउ गरी अदालतको आदेशमा पुर्पक्षको लागि कारागारमा पठाइसकेको छ । उक्त घटनामा संलग्न अन्य अपराधीहरु पनि ट्र्याक भइसकेको डीएसपी गिरिले बताए । उनीहरूलाई पनि छिट्टै पक्राउ गरी सार्वजनिक गरिने उनले जानकारी दिए ।

प्रतिक्रिया





Top