प्रहरीको आग्रह : पटाका विस्फोटक पदार्थको प्रयोग नगर्नू

न्यूज डेस्क     २०८० कार्तिक २४, शुक्रबार १०:४२ बजे मा प्रकासित


जनकपुरधाम । नेपाल प्रहरीले पटाका, भुइँचम्पा र आतसबाजीजस्ता विस्फोटक पदार्थको प्रयोग नगर्न आग्रह गरेको छ ।प्रहरी प्रधान कार्यालयले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।यस्ता विस्फोटक पदार्थको प्रयोगबाट आगलागीलगायत दुर्घटनाको जोखिम हुन सक्ने, चोटपटक लाग्न सक्ने र मानव स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै प्रहरीले सचेत गराएको छ ।

 

साथै प्रहरीले यस किसिमका विस्फोटक पदार्थको प्रयोग, उत्पादन, आयात, निर्यात, बिक्री–वितरण र ओसारपसार नगर्न आग्रह गरेको छ । यदि त्यसो गरेको पाइएमा कानुनबमोजिम कारबाही गरिने प्रहरीको चेतावनी छ ।

प्रतिक्रिया





Top