नेपाल प्रहरीका ५ एसपी एसएसपीमा बढुवा सिफारिस (सूचीसहित)

न्यूज डेस्क     २०८० कार्तिक २४, शुक्रबार २२:०० बजे मा प्रकासित


जनकपुरधाम । नेपाल प्रहरीका ५ जना प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस भएका छन् ।

शुक्रबार बसेको बढुवा समितिको बैठकले पाँचजना एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको हो ।

 

बढुवा समितिले प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम ४ अनुसार बढुवाका लागि सिफारिस गरेको बढुवा समितिका सदस्य सचिव एवं प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले जानकारी दिए ।

प्रहरी प्रधान कार्यालय, नक्सालले प्रकाशन गरेको सूची अनुसार सिफारिस हुनेमा बसन्त रजौरे, रविकुमार पौडेल, नविनराज राई, वीरबहादुर ओली र चन्द्रदेव राई रहेका छन् ।

हेर्नुहोस् सूचीसहित :

प्रतिक्रिया





Top