महोत्तरी । महोत्तरी जिल्लाको सम्सीबाट २९० किलो गाँजासहित दुईजना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा ट्रकका चालक जिल्ला मकवानपुर बकैया गाउँपालिका-७ का २५ वर्षीय लिलाबहादुर थिङ र सहचालक जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका-१३ का राजेश घलान रहेका छन् ।
सम्सीबाट जलेश्वरतर्फ गइरहेको ना ५ ख ९७११ नम्बरको ट्रकलाई प्रहरीले गोप्य सूचनाका आधारमा छापामारी गर्दा सो परिमाणको गाँजासहित उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार सम्सी गाउँपालिका-५ देवीस्थानमा उनीहरू सवार ट्रकलाई चेकजाँच गर्दा ट्रकको चालक बस्ने सिटको पछाडि रहेको फल्स बटनमा लुकाईछिपाई राखेको गाँजा फेला परेको हो ।
उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।








प्रतिक्रिया