रेलमा किचेर एक भारतीयकाे मृत्यु

न्यूज डेस्क     २०८० कार्तिक २८, मंगलवार १३:५२ बजे मा प्रकासित


जनकपुरधाम । धनुषामा रेलले किचेर एक भारतीयको मृत्यु भएको छ ।मृत्यु हुनेमा भारत बिहारको मधुवनी जिल्लास्थित जयनगर बेलहीका अन्दाजी ६० वर्षीय विन्देश्वर दास रहेका छन् ।

 

मंगलबार बिहान जनकपुर-जयनगर रेलमार्ग अन्तर्गत धनुषाको विदेह नगरपालिकास्थित बैदेही स्टेशन नजिक बाटो काट्ने क्रममा उनी लिकमा रेलले किचिएका थिए ।

रेल जनकपुरबाट जयनगरतर्फ जाँदै गरेको बेला दुर्घटना भएको धनुषाका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया





Top