जनकपुरधाम । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले टिकटक बन्द गर्ने सरकारको निर्णयमा घुमाउरो शैलीमा खुसी व्यक्त गरेका छन् । बोलनले आफ्नो नाममा खोलिएका धेरै फेक आइडीका कारण धेरै शुभचिन्तहरुले दुःख पाउनुपरेको उल्लेख गरेका छन् । उनले फेक आइडी हटाउन टिकटकलाई कयौँ पल्ट अनुरोध गरेको र नेपाल प्रहरीको साइबर व्यूरोलाई समेत गुहारेको स्मरण गराउँदै टिकटकलेयस्ता कुरामा ध्यान नदिएको बताएका छन् ।
टिकटकका धेरै राम्रा पक्षहरु भएपनि सरकारले उचित नियमन गर्न आवश्यक रहेको उनले बताए । उनले सरकारलाई टिकटकमात्रै नभएर अन्य सामाजिक सञ्जाल पनि अनुगमन र नियमन गरी करको दायरामा ल्याउन आग्रह गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्ः
टिकटक लाई कयौँ पल्ट फेक आइडी हटाउन अनुरोध गर्यौ , नेपाल प्रहरी साइबर क्राइम गुहार्यौ , नेपाल दूर सञ्चार प्राधिकरण नि गुहार्यौ । सबैले प्रयास गर्दा पनि टिकटकले यस्ता कुरामा ध्यान नदिएको अवस्था थियो , यसले गर्दा मेरो ब्यक्तीगतरुपमा धेरै नै फेक आईडिले गर्दा मेरो सुभचिन्तकहरु ले दुख पाउनु भएको अवस्था थियो । तर यो भन्दैमा टिकटकलाई बन्दै गर्नु पर्छ भन्ने हैन यसले धेरै विकृति ल्याएको मात्र छैन धेरै नयाँ उद्यमीहरूलाई आफ्नो बजार प्रवर्द्धन गर्ने ठाउँ भएको थियो । साथै मौका नपाएका प्रतिभाहरूलाई आफ्नो प्रतिभा देखाउने ठुलो platform भएको थियो साथै नेपाली गीत संगीतलाई अन्तर्राष्ट्रियकरण गर्न मद्दत गर्दै थियो ।
बन्द समाधान हैन , यो बन्दलाई टिकटक सङ नियमन गर्नलाई दरो आधार बनोस् मर्यादित भएर फेरि टिकटक चलाउन पाइयोस् ।अब नेपाल सरकारलाई मेरो अनुरोध टिकटक मात्र हैन अन्य सामाजिक सञ्जालहरूलाई अनुगमन, नियममा ल्याउनु प्रयास गर्नु होला करको दायरामा ल्याएर गलत गर्ने कुरा लाई सेन्सर गर्ने आफ्नो संयन्त्र विकास गर्नु होला ।








प्रतिक्रिया