शम्भु पण्डित ,जनकपुरधाम । धनुषा र सिरहाको सीमामा पर्ने कमला नदीमा आज बिहानैदेखि धामीझाँक्री, बोक्साबोक्सी र भूतप्रेतबाट पीडितको घुँइचो लागेको छ । धनुषा जिल्लाको सबैला नगरपालिका ४ स्थित पठेर्वा घाट कमला नदीमा स्नान र देवता मेला भर्न साेमबार बिहानैदेखि श्रद्धालुको ठूलो घुइँचो लागेका छन्।साथै साे नगरपालिकामा आज सर्वजनिक विदा दिएको हाे ।
कमला नदीमा स्नान गरेपछि तान्त्रिक विद्यासिद्ध हुने जनविश्वासका साथ गाउँगाउँबाट देवता मेला भर्न कमला नदीमा श्रद्धालुको घुँइचो लागेको छ ।
तस्बिर : पत्रकार सन्ताेष यादव
सूर्योदयसँगै आज बिहानैदेखि हजारौँ नव धाँमीझाँक्रीले कमला नदीमा डुबुल्की लगाई गुरुसँग शपथ दिएका हुन । कमला नदी किनारमा भगत (देउता) खेल्नेको घुइँचो लागेको छ । आफ्नो शरीरमा बास बस्न आएका देवतालाई पवित्र पार्न तथा शरीरमा देवीदेवताको स्थायीबासका लागि कात्तिक पूर्णिमामा स्नान गर्ने प्रचलन रहेको हाे ।
कतिपयले कात्तिक पूर्णिमाको पूर्वसन्ध्यामा आइतबार कमला नदीको तटमा पुगेर राति बास बसेका र आज बिहानै कमला नदीमा स्नान गरेका श्रद्धालु बताएका छन् । कमला नदीमा स्नान गरिए कमलेश्वरी देवीले तान्त्रिक विद्याको बर दिने तथा योग पाको हुने जनविश्वासका कारण वर्षेनी सो नदीमा स्नान गर्नेको सङ्ख्या अत्यधिक रहने गरेका छन् ।
कमला नदिमा देवता मेलामा स्नान गरेपछि घर आउने बेलामा भक्तजनले गङ्गासागरको शुद्ध पानी आआफ्नो घर लैजाने गर्छन् । मूलधाँमीले मन्त्र सिद्धी गरिदिएपछि धाँमी बन्ने प्रक्रिया पूरा हुन्छ । तन्त्रशास्त्रका अनुसार तन्त्रसिद्धीका लागि यस दिन पूर्णाहुती दिने चलन छ । कमला नदीमा आएर शपथ लिएपछि धामीझाँक्री पाको हुने विश्वास गरिन्छ । धनुषा लगायत भारतसहित सिरहा, महोत्तरी, सर्लाही, सप्तरीलगायतका अन्य ठाउँबाट लावालस्करका साथ उफ्रँदै आएका धामीझाँक्रीले तन्त्रमन्त्र गरेको दृश्य हेर्न निकै ठूलो भीड लाग्ने गर्दछ ।








प्रतिक्रिया