जन्मकैदको सजाय पाएका फरार मिया ५ वर्षपछि पक्राउ

न्यूज डेस्क     २०८० पुष १२, बिहीबार १७:४९ बजे मा प्रकासित


जनकपुरधाम ।  खुन डाँका मुद्दामा जन्मकैदको सजाय पाएका फरार सिरहाका अभियुक्त ५ वर्षपछि पक्राउ परेका छन् ।

फरार अभियुक्त सिरहाको कल्याणपुर नगरपालिका-१२ बेल्हा बस्ने वर्ष ५६ का मो. इब्राहिम मियालाई प्रहरीले पक्राउ गरेको हो । खुन डाँका मुद्दामा मियालाई उच्च अदालत जनकपुर राजविराजले १८ पुस २०७५ मा २० वर्ष (जन्मकैद)को सजाय फैसला सुनाएको थियो ।

फरार रहेका मियालाई गोप्य सूचनाको आधारमा मंगलबार सिरहा नगरपालिका ७ बाट पक्राउ गरेर बुधबार जिल्ला अदालतमा पेश गरेको थियो ।

अदालतको आदेशमा मियालाई कैद भुक्तानको लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रतिक्रिया





Top