काठमाडौं । ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा दुई जनाको मृत्यु भएपछि गृह मन्त्रालयले ३ सदस्यीय छानबिन समिति गठन गरेको छ ।बालकुमारी घटना र प्रदर्शनलगायत विषयमा छानबिन गर्न गृह मन्त्रालयले प्रहरी नायब महानिरीक्षक (डीआईजी) लालमणि आचार्यको नेतृत्वमा छानबिन समिति गठन गरेको हो ।
समितिको सदस्यमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका उप-अनुसन्धान निर्देशक (एसपी) वासु सिग्देल छन् । समितिले सात दिनभित्र प्रतिवेदन पेस गर्नुपर्नेछ ।गृहका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा बालकुमारीमा भएको घटनाप्रति मन्त्रालयले दु:ख व्यक्त गरेको समेत उल्लेख गरिएको छ ।








प्रतिक्रिया