मधेशलाई उपेन्द्र यादवले उजाड बनाए, बहिष्कार गरी दण्डित गर्नुपर्छ : प्रभु साह

न्यूज डेस्क     २०८० पुष १६, सोमबार ०२:४२ बजे मा प्रकासित


वीरगन्ज । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले प्रमुख दलका शीर्ष नेताहरूकै कारण देश असफल आरोप लगाएका छन् ।

पर्साको पोखरियामा आइतबार पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले यस्तो आरोप लगाएका हुन् । उनले शीर्ष नेताहरूकै कारण देश असफल भई आर्थिक संकट गहिँरिदै गएको बताए ।

 

रोजगार खोजिरहेका युवालाई सरकारले रोजगार दिन नसकेको उनको आरोप छ। रोजगारका लागि विदेश जन्छु भन्ने युवाहरूलाई सरकारले गोली हानेर हत्या गर्ने दृश्य सबैले देखेको उनले बताए ।

उनले समृद्ध नेपाल निर्माणका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय व्यवस्थामा जानुको विकल्प नभएको बताए । अध्यक्ष साहले मधेसलाई उजाड बनाउने काम उपेन्द्र यादवले गरेको बताए ।

उनले उपेन्द्रलाई मधेसबाट बहिष्कार गरी दण्डित गर्नुपर्ने बताए। देशकै आर्थिक राजधानी रहेको वीरगन्जसहित मधेसलाई तहसनहन गर्दै बर्बाद गरेर उजाड बनाएको उनको आरोप छ ।

प्रतिक्रिया





Top