अनिल बनिया , नवलपरासी ।पश्चिम नवलपरासीको सरावल गाउँपालिका वाड ७ मा रहेको बर्दघाटे कालिका मन्दिरमा पुर्व राजा ज्ञानेन्द्र शाहले पूजअर्चना गर्नुभएको छ । आज दिउसो एक बजेको समयमा मन्दिरमा आई पुर्व राजा शाहले विधिपुर्वक पुजाआजा गर्नुभएको हो ।
सो क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कार्यकर्ता तथा शुभेच्छुकहरुको बाक्लो उपस्थिती रहेको थियो । पुर्वराजाको आगमनका क्रममा राजावादीहरुले हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो भन्दै नाराबाजी गरेका थिए ।
शाहले पुजअर्चन पछि मंचमा पुगेर सम्मान ग्रहण गर्नुभएको थियो । उहाँलाई राप्रपाका उपाध्यक्ष तथा प्रतिनिधि सभा सदस्य धुव्र बहादुर प्रधानले मायाको चिनो प्रदान गर्नुभएको थियो ।
पूर्व राजाले हात हल्लाएर उपस्थित शुभेच्छुकलाई अभिभावद गर्नु भएका थिए । प्रतिनिधि सभा सदस्य प्रधानले पुर्वराजाको भ्रमणले यस क्षेत्रको महत्व झनै बढेर गएको बताउदै बर्दघाटे कालिका मन्दिरको पनि विकास र प्रर्वद्धन हुने विश्वास व्यक्त गर्नुभयो ।
त्यस्तै बर्दघाटे कालिका मन्दिर यस क्षेत्रकै पुरानो मन्दिरको रुपमा रहेको छ । सो मन्दिर कहिले स्थापना भयो भन्ने एकिन नभएपनि एक सय वर्ष भन्दा पनि पुरानो रहेको मन्दिरका महन्थ सुदामा दासले जानकारी दिनुभयो । उक्त मन्दिरमा चैत्र नवमीमा भव्य मेला लाग्ने गर्दछ । मन्दिरमा भाकल गरे पुरा हुने जनविश्वास रहेको छ । भाकल पुरा भएकाहरुले मन्दिरमा आई हात्तिको प्रतिमा स्थापना गर्ने गर्दछन् ।








प्रतिक्रिया