गोडैताको मधुवनीमा विवादित सडक ढलान !

न्यूज डेस्क     २०८० पुष १९, बिहीबार २१:४२ बजे मा प्रकासित


मधुवनी, सर्लाही । गोडैता नगरपालिका वार्ड -१२ मधुवनीमा अतिक्रमण गरिएको सडकमा आरसिसी ढलान गरिएको छ ।

वडाअध्यक्ष केशव कुमार को विशेष पहलमा विगत १८ बर्षदेखि अतिक्रमण गरि राखेको सडकमा १३ फिट ढलान गरिएका छन ।

आज एक कार्यक्रमका बिच गोडैता नगरपालिकाका मेयर देवेन्द्र कुमार यादवले विवादित सडकको उदघाटन गरेका हुन ।

गोडैता नगरपालिकाको वडास्तरिय योजनाको ११ लाखको लागतमा महेश राउतको घरदेखि घनश्याम राउतको घरसम्म्म  ८५ मिटर आरसिसी ढलान गरिएको हो ।

सडक चौडा गरी ढलान भएसंगै स्थानीयवासीहरुलाई आवतजावत तथा एम्बुलेन्स लगायत अतिआवश्यक गाडी ल्याउन सहज हुने उपेक्षा गरिको हो ।

३० बर्षअघि निर्माण भएका सडकमा स्थानीयवासीले गाईगोरु बाधेर कब्जा गर्नुका साथै सडकमै घर निर्माण गरिदिएका थिए ।

वडाअध्यक्ष केशव कुमार अनुसार पटकपटक वार्ता र लामो प्रयासपछि विवादित सडकमा ढलान गर्न सफल भएकोमा उहाँले खुशी व्यक्त गरे ।

सडक बनाउन जादा हजुरबा बनाउन नसक्दा नाति आएछ  भनी कतिपयले कुरा समेत काटेको र अन्तिम समयमा भएपनी साविक १० फिटको अतिक्रमीत सडकलाई ३ फिट बढाएर ढलाउन सक्नुलाई वडाअध्यक्ष केशव कुमारले ठूलो सफलताको रुपमा लिएका हुन ।

सडक उदघाटन समारोहमा बोल्दै मेयर देवेन्द कुमार यादवले स्थानीय सरकारले विकास निर्माण कार्यलाई तिब्रता दिएको र आफनो कार्यकालमै नगरका सारा सडक ढलान हुने दाबी गरे ।

सडकको उदघाटन समारोहमा नगरप्रमुख सहित वार्ड १२ का वडासदस्यहरु, स्थानीय भद्रभलादमीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

प्रतिक्रिया





Top