भुमी आयोग महोत्तरीले लालपुर्जा वितरण गर्दै, तत्काल पुर्जा वितरण नगर्न वनको पत्रचार।

न्यूज डेस्क     २०८० पुष २२, आईतवार ०८:२७ बजे मा प्रकासित


सबिन तामाङ,महोत्तरी । महोत्तरीकाे बर्दिवास नगरपालिका वडा नम्बर २ बुद्ध चोक बँदेल खाडीक्षेत्रका भुमिहीन ५३ परिवारलाई प्रती परिवार १ कठ्ठाको दरले जग्गा पुर्जा वितरण गर्ने भएको छ।
लामो समयको तयारी पश्चात् जग्गा पुर्जा वितरण गर्न लागेको समयमा जिल्ला वन कार्यालयले वन क्षेत्र भित्रको आवाधी जग्गा परेको हुनाले तत्काल पुर्जा वितरण नगर्न भुमि आयोगको नाममा पत्राचारका साथै मौखिक जानकारी समेत गरिसकेको छ ।

यसबारे जिल्ला भुमि आयोग संग बुझ्दा, बर्दिवास नगरपालिकाको सदस्यहरु समेत आफै उपस्थित भइ प्रधानमन्त्रीलाई जानकारी गराइसकेको र एक भुमि मन्त्रालयले वितरण गर्नु भन्ने र अर्को वन मन्त्रालयले नगर्नु भनेको देख्दा अचम्मित भएको र आफ्नो निकाय बाट सम्पूर्ण तयारी सकिसकेकोले बर्दिवास नगरपालिकाको आयोजनामा राष्ट्रिय भुमि आयोगका अध्यक्ष केशव निरौलाको प्रमूख आतिथ्यतामा आगामी पुष २३ गते सोमवारका दिन गौतम होटल बर्दिवासमा जग्गा पुर्जा वितरण गर्ने कार्यक्रम तय भएको जिल्ला भुमि आयोग महोत्तरीका अध्यक्ष ज्ञान बहादुर गोलेले मधेसपाटीलाइ बताउनु भयो ।

यस क्षेत्र बाट ६० परिवार भुमिहीनको आवेदन परेता पनि भुमिहीन भनी प्रमाणित नभएकाले ५३ परिवारले मात्र जग्गा पुर्जा पाउने भएको छ।

प्रतिक्रिया





Top