धनुषाधामलाई पर्यटकीय स्थलका रुपमा विकास गरिने : पर्यटनमन्त्री यादव

न्यूज डेस्क     २०८० पुष २२, आईतवार ०९:०८ बजे मा प्रकासित


जनकपुरधाम । पर्यटकीय विकासको प्रचुर सम्भावना बोकेको ऐतिहासिक तथा प्राचीन धनुषाधामलाई पर्यटक केन्द्रको रुपमा विकास गरिने मधेश प्रदेशकी उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री सुनिता यादवले बताएकी छिन् ।

आज धनुषाधाम संरक्षित वन र बनभित्रै रहेको ऐतिहासिक लोहरा(वानगंगा) नदीको सरसफाई कार्यक्रममा सहभागि उनले यस्तो बताईन् । मन्त्री यादवले यसै आर्थिक वर्षको योजना तथा कार्यक्रममा रहेको पर्यटन गुरुयोजनामा धनुषाधामलाई समावेश गरी धनुषाधामलाई पर्यटकीय स्थलको रुपमा अगाडी बढाईने बताईन् ।

रामायणकालीन शिव धनुषको टुक्रा, लोहरा(वाणा) नदी, सीताराम कुटी, पञ्चमुखी हनुमान मन्दिर, रामधुन मन्रि, रमणीय वन जंगल लगायतका दर्जनौं ऐतिहासिक तथा पुरातात्विक महत्वको धरोहर भएको यहाँ आन्तरीक तथा बाह्य पर्यटक तान्न विभिन्न किसिमका योजना तथा कार्यक्रमहरु ल्याउने उनले बताईन् । उनले धनुषाधाम आफ्नो निर्वाचन क्षेत्रमा पनि पर्ने भएकोले यस ठाउँलाई प्राथमिकतामा राख्नुपर्ने दायित्व भएको बताईन् ।

उनले जनकपुरधाम आउने पर्यटकलाई धनुषाधाम धुम्न पुग्नै पर्ने हिसाबले विकास गरिने प्रतिबद्धता जनाईन

प्रतिक्रिया





Top