महोत्तरीमा डकैती , दुई महिला घाइते

न्यूज डेस्क     २०८० पुष २७, शुक्रबार २०:२६ बजे मा प्रकासित


महोत्तरी । महोत्तरीको मनरा सिसवा नगरपालिका वडा नम्बर ७ झिङगाथान पछबारी टोलमा लाखौंको धनमाल लुटपाट भएको छ ।

गएराति घरेलु हतियारसहित पाँच जनाको संख्यामा आएका नकाबधारी समूहले बैजु साहको घरमा लुटपाट गरको हो ।

समूहले घरका दुई जना महिला र चार जना केटाकेटीलाई कोठाभित्र थुनेर लुटपाट गरेको पीडितका नातेदार रैजु साहले बताए ।

पीडितका अनुसार आठ÷नौ तोला बराबरका सुन चाँदीका गहना, नगद ५० हजार गरी करिब १० लाखभन्दा बढीको धनमाल लुटपाट भएको हो ।

परिवारका तीन दाजुभाइ लामो समयदेखि वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा गएकाले महिला र नाबालक मात्र रहेको मौका पारी लुटपाट गरेको पीडित परिवारले बताए । दुई महिला घाइते समेत भएकी छिन् ।

यता, जिल्ला प्रहरी अपराध अनुसन्धान शाखाका प्रहरी निरीक्षक लोककृष्ण दाहालले घटनास्थलमा प्रहरी परिचालन गरी अनुसन्धान भइरहेको बताए ।

प्रतिक्रिया





Top