जनकपुरधाम । उद्योगी व्यापारीहरुले जनकपुरमा बैंकविरुद्ध विरोध प्रदर्शन गरेका छन् ।पीडित उद्योगी व्यवसायी संघर्ष समितिले आइतबार विभिन्न माग राख्दै जनकपुरमा बैंकहरुविरुद्ध प्रदर्शन गरेको हो ।
बैंकको चर्को ब्याजबिरुद्ध जनकपुरस्थित जनक चोकबाट संघर्ष समितिले निकालेको र्याली राष्ट्र बैंकअगाडि पुगेर धर्नामा परिणत भएको थियो ।बैंकहरुको चर्को ब्याजदरविरुद्ध आफूहरुलाई आन्दोलनमा उत्रिनु परेको उद्योगी व्यवसायीहरुको भनाइ छ । धर्नामा संघर्ष समिति संयोजक सुधीर पजियारले नेपालीहरुलाई नेपालमै गरिखान पाउनुपर्ने वातावरण बनाइदिन बैंकहरुसँग आग्रह गरे ।
उनले व्यापारीहरुले ८ प्रतिशतमा लिएको ब्याज १५ प्रतिशतसम्म पुर्याउँदासमेत चुप लागेर बस्नुपर्ने कुराको अन्त्यको माग गरे । उनले बैंकर्स र वित्तीय संस्थाहरु सामन्ती बनिरहेको आरोप पनि लगाए । उनले बैंकको ब्याजदर १० प्रतिशतभन्दा कम हुनुपर्ने, ब्याज बुझाउन थप समय दिनुपर्ने, ब्याज नबुझाएसम्मका लागि लिलामका साथै कालोसूचीमा नराख्न मागसमेत गरे ।व्यापारीहरुले आफूहरुको माग सम्बोधन नभए आगामी दिनमा थप सशक्त आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।








प्रतिक्रिया