त्रिशुलीमा खसेको गाडी भारतीय बोलेरो प्रहरीको पुष्टि, मानिस भेटिएनन् खोजीका लागि टोली परिचालन

न्यूज डेस्क     २०८० माघ २, मंगलवार ०८:४७ बजे मा प्रकासित


जनकपुरधाम । नारायणगढ–मुग्लिन सडकखण्डबाट त्रिशुली नदीमा गाडी खसेको सूचनापछि गोताखोरको टोली परिचालन गरिएको छ। इच्छाकामना गाउँपालिका–५ स्थित ३ नम्बर पुल नजिकबाट गाडी खसेको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

स्थानीय बासिन्दाले मंगलबार बिहान करिब ४ बजेतिर सडकबाट गाडी नदीमा खसेको बताएका छन् ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक (इन्सपेक्टर) विशाल तामाङले ३ नम्बर पुलबाट गाडी खसेको सूचनापछि गोताखोरको टोली परिचालन गरिएको जानकारी दिए। अहिले सशस्त्र प्रहरी बलको कुरिनटारस्थित विपत् व्यवस्थापन शिक्षालयबाट गोताखोरको टोली गाडी खसेको भनिएको स्थानमा पुगेर खोजी सुरु गरेको छ ।

गाडी खसेको भनिएको स्थानमा नदीभित्र लाइट बलेको देखिएको प्रहरी निरीक्षक तामाङले जानकारी दिए। अहिले भने लाइट निभेको छ ।

गाडी खसेको भनिएको ठाउँमा भारतीय नम्बर प्लेट समेत फेला परेको छ। तर नदीमा खसेको भनिएको गाडी कहाँबाट कहाँ जाँदै थियो, कस्तो थियो भन्ने खुलेको छैन ।

प्रतिक्रिया





Top