जिप चोरेर लैजाँदै गरेका एक जना पक्राउ

न्यूज डेस्क     २०८० माघ ३, बुधबार २०:३७ बजे मा प्रकासित


पोखरा । पोखराबाट जिप चोरेर लैजाँदै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोविन्द परियार रहेका छन् । उनले बुधबार बिहान साढे १ बजे अमरसिंह खेल मैदानमा पार्किङ गरेको ग२च २३४३ नम्बरको बोलेरो जिप चोरेका हुन् । उनले जिप लिएर जाँदै गर्दा पोखरा १४ समिनतराबाट जिपसहित पक्राउ गरिएको हो ।

 

उनले जिप चलाइरहेको अवस्थामा पक्राउ गरिएको कास्की प्रहरीका डिएसपी श्रवणकुमार विकले जानकारी दिए ।परियारलाई चोरी तथा डाँका सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट दिन ६ म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको छ । यसअघि पोखराबाटै बस चोरी भएको थियो ।

प्रतिक्रिया





Top