सर्लाही : एसपीकाे घुमुवा पेस्तोलसहित भारतीय प्रहरीको लकअपमा, हाकिम अनभिज्ञ

न्यूज डेस्क     २०८० माघ ७, आईतवार १८:३७ बजे मा प्रकासित


सर्लाही । नेपाल प्रहरीका एकजना घुमुवा(सिभिल)लाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत वरिष्ठ हवलदार छविलाल साहलाई भारतिय प्रहरीले नियन्त्रणमा लिएको स्रोतले जनाएको छ ।

भारतीय प्रहरीले हवलदार साहलाई आईतवार बिहान ९ बजे नारायणपुर नाकाबाट चाईनिज पेस्तोलसहित नियन्त्रणमा लिएको बुझिएको छ | तस्करसँग भेट्न गएको उनलाई भारतीय प्रहरीले पेस्तोलसहित नियन्त्रणमा लिएको श्रोतले जनाएको छ।

यता बिहानैदेखि भारतीय प्रहरीको नियन्त्रणमा रहेको विषयमा एसपी प्रविन धिताल र डीएसपी दिपेन्द्र पंजियार थारू अनभिज्ञ छन् । एसपी धितालले आफु गृहमन्त्रीको स्कर्टिमा रहेको भन्दै यस विषयमा हालसम्म त्यस्तो जानकारी नरहेको बताए । यता डीएसपी थारू पनि हवलदारबारे जानकार नरहेको प्रतिक्रया जनाए ।

आजै गृहमन्त्री नारायणकाजी श्रेष्ठ मलंगवा कारागारको उदघाटन गर्न मलंवा आईपुगेका छन् ।उनलाई नाकामा लाईन दिएर एसपीले तस्करहरूसँग असूली गर्न खटाएको बुझिएको छ।

घुमुवा प्रहरी साह सर्लाहीमा आएदेखिनै विवादमा तानिदै आएको छ । जिल्ला प्रहरी कार्यालयका एकजना प्रहरी कर्मचारी भन्छन्-भारतीय प्रहरीको नियन्त्रमा रहेको साह पहिले पनि हाकिमलाई गलत रिपोर्टिङ गर्ने देखी एउटा काममा जान्छु भनी तस्करी गराउनेसंग भेटेर संगठनको छविमाथि आँच ल्याउने जस्ता कार्य गरिरहेको थियो |

भारतीय प्रहरीको नियन्त्रणमा रहेको हवलदारलाई छुटाउन अहिलेसम्म पहल नभएको बुझिएको छ ।यतिसम्मकी एसपी सावले नै उसको नेतृत्वमा विवादास्पद प्रहरीहरू पनि खटाएका छन् ।

प्रतिक्रिया





Top