धिरज बर्णवाल,बारा । बारा प्रहरीले १० केजी गाँजा सहित एक जानालाई पक्राउ परेका छन
ईलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरी टोलीले जितपुर सिमरा उप-महानगरपालिका- ७ स्थित टेढा रोड देखि मिलन चौक सम्मको बिचबाट १० केजी लागुऔषध गाँजा सहित एक जनालाइ पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा हेटौँडा -३ बस्तिपुर बस्ने २७ वर्षका पावन गिरी रहेका छन् ।
टेढा रोड देखि मिलन चौक तर्फ जाँदै गरेको पैदल यात्रीलाइ संकाको आधारमा चेकजाँच गर्दा दुई वटा झोलामा बोकेको ५/५ किलोको दस किलो लागुऔषध गाँजा बरामद गरिएको प्रवक्ता प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए ।
उनलाई नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसुरमा थप अनुसन्धान कार्य भईरहेको बारा प्रहरीले जनाएको छ ।








प्रतिक्रिया