राजदरबार हत्याकाण्ड खोल्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई हिम्मत छ ?

न्यूज डेस्क     २०८० माघ २०, शनिबार ०६:५३ बजे मा प्रकासित


राजदरबार हत्याकाण्डको नाइके र १७००३ सर्वसाधारण नागरिकको हत्यारा प्रधानमन्त्री पुष्पकमल दाहाल हो । राजदरबार हत्याकाण्ड खोल्न पुष्पकमल दाहाललाई हिम्मत छ ? राजदरबार हत्याकाण्ड किन ? के कारणले गराएको, क-कसले मिलेर गराएको र कुन कुन नेताहरू मिलेर गराएको हो भन्ने कुरा प्रायःजसो नेपाली नागरिकहरु र अन्तर्राष्ट्रिय मुलुकका नेताहरू सबैलाई थाहा छ ।

यथार्थमा राजदरबार रहस्यमय हत्याकाण्ड कुन कुन नेताहरू मिलेर गराएको राजदरबार हत्याकाण्डमा को को सामेल छन वास्तविकता र नालीबेली प्रधानमन्त्री पुष्पकमल दाहालाई सबैकुरा थाहा छ । राजदरबार हत्याकाण्डको अनुसन्धान नै गर्ने हो भने सर्वप्रथम पुष्पकमल दाहाल बाट नै शुरुआत गर्नुपर्ने देखिन्छ ।

पुष्पकमल दाहालले राजदरबार हत्याकाण्ड खोल्छु भनेर एक्काइसौं शताब्दीमा अझै पनि जनताहरुलाई झुक्याउने ? राजदरबार हत्याकाण्ड खोल्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आँट, हिम्मत र साहस छ ?

मुलुकमा नेताहरूले दिनभरि राजा ज्ञानेन्द्र शाह र पारस शाहलाई गाली गर्ने रात परेपछि राजा ज्ञानेन्द्र शाह र पारस शाहलाई सुटुक्क भेटन जाने नेताहरू पनि छन । प्रधानमन्त्री र मन्त्रीहरुको नाम लिष्ट तैयार पारी राजा ज्ञानेन्द्र शाह र पारस शाहलाई सुटुक्क भेटन जाने नेताहरू पनि छन ।

म नेताको नाम भने खोलदिन मलाई प्रधानमन्त्री पद दिईयो भने पुष्पकमल दाहाल, शेर बहादुर देउवा र माधव कुमार नेपाल जस्ता नेताहरुलाई जेल हाल्छु भनी राजा ज्ञानेन्द्र शाह र पारस शाह समक्ष प्रस्ताव राख्ने नेताहरू पनि छन ।

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा

प्रतिक्रिया





Top