सिरहाबाट एक महिला पैसा र बच्चासहित अर्कैसँग भागिन्, परिवार खोजीमा भौतारिँदै

न्यूज डेस्क     २०८० फाल्गुन १४, सोमबार २०:४५ बजे मा प्रकासित


सिरहा । सिरहाबाट एक महिला अर्कैसँग भागेकी छिन् । मिर्चैया नगरपालिका-९, रमपुराका २३ वर्षीय राजपति यादवकी श्रीमती पुजा यादव अर्कैसँग भागेकी हुन् ।

उनीहरूको दुई वर्षअघि मात्रै सामाजिक परम्परा अनुसार विवाह भएको थियो । उनीहरूको डेढ वर्षको एक छोरा पनि छ । तर, उनी केहि दिनअघि भारतको बिहार राज्य, मधुवनी जिल्ला, कमलावारी पञ्चायत वडा ७ बस्ने रोशन यादवसँग भागेकी छिन् ।

परिवारजनका अनुसार, उनले बच्चासहित लाखौं मूल्य बराबरको गरगहना र दुई लाख ५० हजार नगद पनि घरबाट लगेकी छिन् । अहिले उनको खोजीमा सिंगो परिवार भौतारिरहेको छ ।

राजपतिले खोजीकार्य र आवश्यक कारवाहीका लागि प्रहरीमा उजुरी पनि दर्ता गराएका छन् । उनको खोजीकार्य तीव्र रूपमा भइरहेको सिरहा प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, भारतीय प्रहरीसँग समन्वय गरेर खोजीको काम भइरहेको छ ।

प्रतिक्रिया





Top