आफ्नै श्रीमतिलाई धारिलो हतिहार प्रहार गरी हत्या !

न्यूज डेस्क     २०८० फाल्गुन २७, आईतवार १८:५७ बजे मा प्रकासित


सिरहा । आफ्नै श्रीमतिलाई धारिलो हतियार प्रहार गरी सिरहामा हत्या गरेको छ । घरायसी झगडाको कारण साहले श्रीमति निर्मला साहलाई धारिलो हतियारले घाँटी रेटि दिएको स्थानीयहरुले जनाएको छ ।

सिरहा जिल्लाको सिरहा नगरपालिका वडा नम्बर ६ बसबिट्टास्थित बस्ने स्थानीय राम उदगार साहले आफ्नै श्रीमतिलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको हो । अहिले जिल्ला प्रहरी कार्यालय सिरहाको मुचुल्का टोली घटनास्थल पुगेको छ

प्रहरीका अनुसार, कमला धारमा घाँस काट्न गएको बेला राम उदगारले निर्मलालाई दुई तीन पटक घाँस काट्न दबाब दिएको थियो । घाँस काट्न नमानेपछि रिसमा आएर राम उदगारले घाँट काटने हँसियाले नै उनको घाँटी रेटेर हत्या गरिदिएको हो ।

घटनाको खवर पाए लगत्तै वडा प्रहरी कार्यालयबाट खटेको प्रहरी टोलीले रामउदगारलाई सिरहा बजारबाटै पक्राउ गर्न सफल भएको बताए । उनलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ ।

प्रतिक्रिया





Top