दुई जना बीचको कुराकानी रेकर्ड गर्नु कानुनी अपराध, कसुर गरेको पाए कैद र जरिवाना हुने

न्यूज डेस्क     २०८० फाल्गुन २८, सोमबार १७:१७ बजे मा प्रकासित


जनकपुरधाम। विद्युतीय माध्यमबाट भएका कुनै पनि प्रकारको कुराकानी वा संकेत सार्वजनिक गर्न नपाइने भएको छ । सूचना तथा प्रविधि मन्त्रालयले दुई जना बीचको कुराकानी रेकर्ड गर्नु र त्यसलाई सार्वजनिक गर्नु अपराध भएको बताएका छन्।

मन्त्रालयले हालै सार्वजनिक गरेको सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धी विधेयकको मस्यौदामा गोपनीयता भङ्ग गर्न नहुने व्यवस्था अन्तर्गत यस्तो प्रावधान प्रस्ताव गरिएको हो । जसअनुसार आपसी संवाद विद्युतीय उपकरणको प्रयोग गरी सुन्न वा त्यस्तो कुराको ध्वनि रेकर्ड गर्न वा गराउन नपाइने भनेको छ ।

यो कसुर गरेको पाइएमा तीन लाख रुपैयाँसम्म जरिबाना वा तीन वर्षसम्म कैद वा जरिवाना र कैद दुइटै हुने व्यवस्था प्रस्ताव गरिएको छ ।

प्रतिक्रिया





Top